काठमाडौँ, ११ मंसिर । नेकपा एमालेको दसौं महाधिवेशनअन्तर्ग आज बन्दसत्र र मनोनयन दर्ता हुँदैछ ।
शुक्रबार नारायणी किनारमा उद्घाटन भएको महाधिवेशनमा आज नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ताको कार्यतालिका छ । नयाँ नेतृत्वका लागि सहमति नभए आजै मनोनयन दर्ता हुनेछ। एमालेले यसपालिको महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदान गर्ने तयारी गरेको छ ।
शुक्रबार राति सौराहामा बसेका एमालेको नवौं महाधिवेशनको अन्तिम केन्द्रीय कमिटी बैठकले पदाधिकारी, केन्द्रीय कमिटीमा संख्या थप्ने र पोलिटब्युरो पनि बनाउने निर्णय गरेको छ । सर्वसम्मत रूपमा नेतृत्व चयन गर्न पदाधिकारी र केन्द्रीय कमिटी सदस्यको संख्या बढाइएको हो । केन्द्रीय कमिटीले गरेको उक्त निर्णय केहीबेरमा सुरू हुने बन्द सत्रले पारित गर्नेछ । बन्दसत्रले अनुमोदन गरेपछि यसले विधानको रूप लिनेछ ।
बैठकले २ जना उपमहासचिव र २ जना उपाध्यक्ष थपेर पदाधिकारी संख्या १९ पुर्या उने निर्णय गरेको प्रचार विभागका प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।
यसअघि पदाधिकारी संख्या १५ थियो । यो प्रस्ताव पारित भएसँगै एमालेमा उपमहासचिव संख्या ३ पुगेको छ भने उपाध्यक्ष ७ जना हुनेछन् ।
त्यस्तै, बैठकले ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव पनि पास गरेको छ । अहिले केन्द्रीय कमिटी २२५ सदस्यीय छ ।