तीन वर्षमा डेढ सयले पाए ‘शैक्षिक प्रमाणपत्र धितो’मा कर्जा

काठमाडौँ, ११ मंसिर । शिक्षित युवालाई उद्यमी बनाई आर्थिक उन्नति गर्ने उद्देश्यले अघि बढाइएको शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा दिइने कार्यक्रम निष्प्रभावी जस्तै देखिएको छ। रोजगारीको अभावमा ठूलो संख्याका युवा वैदेशिक रोजगारीमा जान बाध्य भइरहेको बेला तीन वर्षअघि सुरु गरिएको उक्त कार्यक्रम प्रभावकारी हुन नसके पनि त्यसलाई उपयोगी बनाउन अहिलेसम्म सरोकारवालाले पहल गरेको पाइँदैन।

उक्त कार्यक्रम सुरु गर्ने बेलामा शिक्षित युवायुवतीले कुनै उद्यम गर्न चाहेको खण्डमा शैक्षिक प्रमाणपत्र धितो राखेर सहुलियत ब्याजमा कर्जा दिने भनिएको थियो। कार्यक्रम कार्यान्वयनमा गए पनि कर्जा प्राप्तिको प्रक्रिया प्रस्ट नहुँदा समस्या भएको बैंकरहरूको भनाइ छ।

तर शिक्षित बेरोजगार भने बैंकलगायत सबैलाई तत्काल कमाउनु परेकाले अनेक बहाना निकालेर कर्जा दिन अप्ठेरो अवस्था सिर्जना गर्दा अपेक्षित युवाले लाभ लिन नसकेको तर्क गर्छन्। नेपाल राष्ट्र बैंकका अनुसार कार्यक्रम लागू भएको तीन वर्षको अवधिमा एक सय ४८ युवाले शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर कर्जा पाएका छन्। याे समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र