आजको मौसम

काठमाडौँ, ११ मंसिर । आज पनि देशभर नै हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार कतैकतै घामको किरण जमिनको सतहमा केही समय देखिए पनि मौसम पूर्ण खुल्ने सम्भावना भने छैन ।

अहिले सबैजसो उपत्यका र तराईका धेरैजसो ठाउँमा बाक्लो तुवाँलो लागेको छ । न्यूनतम तापक्रम खासै नघटेको भए पनि अधिकतम तापक्रम घटेकाले चिसो महसुस भएको छ ।

यस्तै  पानी पार्ने न्यूनचापीय प्रणाली विकसित भइरहेकाले आज राति भने प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा  हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा बिक्रीका लागि राखिएको तितेकरेलामा अत्यधिक विषादी भेटिएको छ । 

काठमाडौँ, १४ बैशाख । ललितपुरको बडीखेलस्थित रिह्‌याब सेन्टरमा राखिएका एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भएका

दाङ, १४ बैशाख ।  दाङमा २० वर्षपछि फरार अभियुक्त पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य

मुस्ताङ, १४ बैशाख । पछिल्लो समय हिमाली जिल्ला मुस्ताङमा जलवायु सङ्कटका कारण खानेपानीका मुहान सुक्दै जान थालेका छन् । कृषि