एमाले महाधिवेशन : निर्वाचनका लागि बन्यो ८ बुँदे आचारसंहिता

चितवन, ११ मंसिर । नेकपा एमालेको निर्वाचन समितिले १० औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन सम्पन्न गर्नका लागि ८ बुँदे आचारसंहिता बनेको छ ।

निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले निर्वाचन सम्पन्न गर्नका लागि ८ बुँदे आचारसंहिता बनेको बताए । आचारसंहितामा निर्वाचनसँग सम्बन्धित विविध विषयहरू समेटिएको उनले बताए । महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचनसँग सम्बन्धित कामलाई अन्तिम चरणमा पुर्यावएको छ । नेताहरूले सहमतिमार्फत नेतृत्व चयनमा जोड दिँदै गर्दा निर्वाचन समितिले पनि आफ्नोतर्फबाट गर्नुपर्ने कामलाई तीव्रता दिएको हो ।

समितिका संयोजक विजय सुब्बाले समितिले गर्नुपर्ने तयारी लगभग पुरा भएको भन्दै अध्यक्ष मण्डलले निर्वाचनको प्रक्रिया अगाडि बढाउन जिम्मेवारी दिएपछि काम अघि बढ्ने बताए । आजै सौराहास्थित होटल सेभेन स्टारमा एमाले बन्दसत्र सुरु हुँदैछ । बन्दसत्रपछि नेतृत्व चयनको प्रक्रिया अघि बढ्नेछ भने नेताहरूले सहमतिमै नेतृत्व चयन हुने दाबी गर्दै आएपछि अहिलेसम्म सहमति भने जुट्न सकेको छैन । सोही कारण सहमति र निर्वाचन प्रक्रियासँग सम्बन्धित काम सँगसँगै अघि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा.फणीन्द्रराज पाठकले संविधान विपरीत समवेदना वक्तव्य निकालेको भन्दै कारबाही

काठमाडौँ, १४ बैशाख । आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

काठमाडौँ, १४ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चलचित्र क्षेत्रको सुधार तथा आधुनिकीकरणका लागि तयार पारिएको नयाँ ‘चलचित्र ऐन’

काठमाडौँ, १४ वैशाख । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ ।  सवा १ बजे बस्ने बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले