ट्रयाक्टरमा च्यापिएर चालकको मृत्यु

धनुषा, १० मंसिर । बालुवा लोड गरेको ट्रयाक्टरमा च्यापिएर धनुषाको नक्टाझिजमा आज ट्रयाक्टर चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ज १ त ४१७२ नम्बरको ट्रयाक्टरका चालक धनुषाको मिथिला नगरपालिका–७ निवासी २५ वर्षीय चेतन महतो रहेको प्रहरीले जनाएको छ । 

लोड गरिएको बालुवा झार्ने क्रममा अचानक इन्जिनमाथि उठ्दा च्यापिएर चालक महतोको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । शव परीक्षणको लागि प्रादेशिक अस्पतालमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा बिक्रीका लागि राखिएको तितेकरेलामा अत्यधिक विषादी भेटिएको छ । 

काठमाडौँ, १४ बैशाख । ललितपुरको बडीखेलस्थित रिह्‌याब सेन्टरमा राखिएका एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भएका

दाङ, १४ बैशाख ।  दाङमा २० वर्षपछि फरार अभियुक्त पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य

मुस्ताङ, १४ बैशाख । पछिल्लो समय हिमाली जिल्ला मुस्ताङमा जलवायु सङ्कटका कारण खानेपानीका मुहान सुक्दै जान थालेका छन् । कृषि