४२ जिल्लामा आजदेखि कांग्रेसको जिल्ला अधिवेशन

काठमाडौँ, १० मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लामा शुक्रबार जिल्ला अधिवेशन हुँदैछ । एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा यसअघि नै जिल्ला अधिवेशन सुरु भइसकेको छ ।

एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका ४२ जिल्लामा मंसिर १० गते जिल्ला अधिवेशन गर्ने महाधिवेशन कार्यतालिमा उल्लेख छ । प्रदेश दुईका आठ जिल्लाबाहेक बाँकीमा आजदेखि नै जिल्ला अधिवेशन सुरु हुने निर्वाचन समितिले जनाएको छ ।

सोमबार जिल्ला अधिवेशन हुँदैछ भने ललितपुरमा आज जिल्ला अधिवेशन सुरु हुँदैछ । मकवानपुरमा प्रदेश अधिवेशनपछि मात्रै जिल्ला अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ । चितवनमा पनि जिल्ला अधिवेशन निश्चित छ । केन्द्रीय निर्वाचन समितिका अनुसार बिहीबारसम्म करिब ३० जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ । एक मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका रसुवा, खोटाङ, दार्चुला, धनकुटामा अधिवेशन हुन बाँकी छ । सोलुखुम्बुमा पहिलो चरणमा सभापतिका उम्मेदवार कसैले पनि बहुमत ल्याउन नसकेपछि मंसिर १४ गते फेरि निर्वाचन हुँदैछ ।

कांग्रेस प्रदेश अधिवेशन मंसिर १६–१७ गते हुँदैछ भने केन्द्रीय महाधिवेशन मंसिर २४–२६ सम्म काठमाडौंमा हुँदैछ । केन्द्रीय महाधिवेशनका लागि मतदाता रहेका महाधिवेशन प्रतिनिधि चयन अन्तिम चरणमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहितको भ्रमण दल बेलायत प्रस्थान गरेको छ ।  बेलायतको सर्वोच्च अदालत र अन्य अदालतहरूको औपचारिक

काठमाडौँ, १४ बैशाख । नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा.फणीन्द्रराज पाठकले संविधान विपरीत समवेदना वक्तव्य निकालेको भन्दै कारबाही

काठमाडौँ, १४ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चलचित्र क्षेत्रको सुधार तथा आधुनिकीकरणका लागि तयार पारिएको नयाँ ‘चलचित्र ऐन’

काठमाडौँ, १४ वैशाख । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा अर्थ