एमाले १०औँ महाधिवेशन: जगन्नाथ बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

चितवन, १० मंसिर । पोखराका जगन्नाथ बास्तोलाले नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

नेकपा एमालेको चितवनमा हुने १०औँ महाधिवेशनमा बास्तोलाले गण्डकी प्रदेशको भूगोलबाट खुल्ला केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको हो । बास्तोलाले आज सौराहामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी सो घोषणा गर्नुभएको हो ।

माछापुच्छ्रे गाउँ पालिकाको निबर्तमान गाउँ कमिटी अध्यक्ष एंब नेकपा एमाले कास्कीका जिल्ला सचिवालय सदस्य समेत रहनुभएका बास्तोला विगत २५ वर्षदेखि जिल्ला कमिटीमा रही काम गर्दै आउनुभएको छ । वि।सं। २०२३ सालमा कास्कीको ल्वाङघलेल – १ मा जन्मनुभएका बास्तोलाले २०३७ सालदेखि स्कुले जीवन र कलेजको विद्यार्थीकालमा अनेरास्ववियुको विभिन्न जिम्मेवारीमा रही काम गर्दै आउनुभएको थियो ।

बास्तोलाले विभिन्न निर्वाचनहरूमा नेकपा एमाले पार्टी र एमालेका उम्मेदवारहरूलाई विजयी गराउन महत्वपूर्ण जिम्मेवारीमा रही काम समेत गर्नुभएको थियो । निर्वाचनका क्रममा माछापुच्छ«े गाउँपालिकाको संयोजक रही आफ्नो जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्नुभएको थियो ।

वि।सं। २०५४ सालमा तत्कालिन ल्वाङघलेल गाविसको पार्टी उपाध्यक्ष समेत रहनुभएका बास्तोलाले २०४८ र २०५१ सालको निर्वाचनमा पनि पार्टीका उम्मेदवारहरूलाई जिताउन खटिनुभएको थियो । सो निर्वाचनमा नेपाली कांग्रेसका कार्यकर्ताहरूसँगको झडपमा उहाँ घाइते समेत हुनुभएको थियो । देशमा राजाको कु पछि २०५८–५९ मा उहाँलाई नेपाली सेनाले पोखराको पृथ्वी चोकबाट पक्राउ गरी यातना समेत दिइएको थियो । सख्त घाइते हुनुभएका बास्तोलाको तत्कालिन समयमा पोखराकै मेट्रोसिटी अस्पतालमा लामो समयको उपचारपछि घर फर्कनुभएको थियो । उहाँलाई तत्कालिन समयमा नेकपा एमालेका नेता केपी ओलीले भेट गर्न अस्पताल तथा घरमा समेत पुग्नुभएको थियो ।

विद्यार्थी जीवनदेखि पार्टीको विभिन्न जिम्मेवारीमा रही काम गरेको बताउँदै बास्तोलाले आफूलाई गण्डकी प्रदेशको भूगोलबाट खुल्ला केन्द्रीय सदस्यमा विजयी गराउन उहाँले सबैसँग आग्रह समेत गनु गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ वैशाख । काठमाडौँको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको रकम अपचलनको कसुरमा कांग्रेसकी सांसद माया राईलाई अनुसन्धानका लागि पक्राउ

काठमाडौँ, १४ वैशाख । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा कम्तीमा १० अर्ब रुपैयाँ भ्रष्टाचार भएको भनेर संसद्को सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले

काठमाडौँ, १४ वैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

काठमाडौँ, १४ वैशाख । नेपाल राष्ट्र बैङ्कले आज आइतबारको लागि विदेशी मुद्राको विनिमय दर यस प्रकार निर्धारण गरेको छ । Exchange