अध्यक्ष ओलीको त्यो अभिव्यक्ति : एमालेमा तरंग पैदा

काठमाडौँ, १० मंसिर । नेकपा विभाजन भयो। एमाले र माओवादी बने। एमाले फुट्यो। नयाँ दल नेकपा (समाजवादी) थपियो। झट्ट हेर्दा टुक्रिइँदै गएको कम्युनिस्ट शक्तिको प्रमुख दल एमालेको नेतृत्व गरेका केपी शर्मा ओली भने झन् ‘शक्तिशाली’ हुँदै गएका छन्।

त्यही भएर हुन सक्छ, ओलीले महाधिवेशनको दुई दिनअघि एउटा सन्देश दिए– ‘सहमतिका लागि म कसैलाई पनि आग्रह गर्दिनँ।’ ओलीको यो भनाइले पार्टीमा तरंग पैदा भयो। नेताहरूले भन्दै आएको ‘सहमति’को महाधिवेशनमा नेतृत्व चयनका लागि चुनाव होला त रु भन्ने प्रश्न यसले उब्जाएको छ।

पार्टी नेताहरू ओलीकै पक्षमा खुलिरहेका छन्। ‘यो अवस्थामा अध्यक्षमा केपी ओलीको विकल्प हुने कुरै भएन। अहिलेको परिस्थितिमा ओली एमालेका लागि मात्रै होइन, देश र जनताका लागि आवश्यक हो’, एमाले नेता सुवास नेम्वाङ भन्छन्, ‘सर्वसम्मत हुनु प¥यो भन्ने नै हो। तर, भएन भने त चुनावमा जानै प¥यो नि !’

नेता नेम्वाङले चुनौतीको अवस्थामा सर्वसम्मत नेतृत्व चयन गर्दा पार्टीमा एकताको सन्देश जाने बताए। अन्तिमसम्म सहमतिकै प्रयास हुने, नत्र ‘लोकतान्त्रिक विधिमा जान सकिने’, प्रतिक्रिया दिए। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा बिक्रीका लागि राखिएको तितेकरेलामा अत्यधिक विषादी भेटिएको छ । 

काठमाडौँ, १४ बैशाख । ललितपुरको बडीखेलस्थित रिह्‌याब सेन्टरमा राखिएका एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भएका

दाङ, १४ बैशाख ।  दाङमा २० वर्षपछि फरार अभियुक्त पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य

मुस्ताङ, १४ बैशाख । पछिल्लो समय हिमाली जिल्ला मुस्ताङमा जलवायु सङ्कटका कारण खानेपानीका मुहान सुक्दै जान थालेका छन् । कृषि