शेयर बजार सामान्य घट्यो

काठमाडौँ, ९ मंसिर । आज शेयर बजार सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव २२ अङ्कले घटेर दुई हजार सात सय ३१ दशमलव ७८ विन्दुमा झरेको छ ।

आज बैंकिङ, होटल र अन्यबाहेक सबै समूहको शेयर घटेको छ । आज विकास बैंक, बीमा, व्यापार र बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज दुई सय ३३ कम्पनीका ७४ लाख ८६ हजार कित्ता शेयर तीन अर्ब ७८ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल टेलिकमको २६ करोड ५७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज मानुषी लघुवित्त कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै सात प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि समृद्धि फाइनान्सको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० जेठ । ललितपुर महानरपालिका–१५ ज्ञाननगर टोलमा गाडीले ठक्कर दिँदा ८ वर्षीया बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी

काठमाडौँ, १० जेठ । लागु औषधसहित ललितपुरबाट दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका

काठमाडौँ, १० जेठ । सर्लाहीको बागमती नदीमा बेपत्ता भएका पाँच जना युवकमध्ये दुई जनाको शव भेटिएको छ भने अन्य तीन जना

काठमाडौँ, १० जेठ । अविरल वर्षापछि खसेको पहिरोले घर बगाउँदा पाँचथरको याङवरक गाउँपालिका–१ का चार परिवार विस्थापित भएका छन् । पहिरोले