काठमाडौँ, ९ मंसिर । काठमाडौँको नक्सालबाट सवारी ज्यान मुद्दामा फरार एक जनालाई २० वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार २०५८ साल पुष १५ गते बिहान ४ः३० मा काठमाडौंको कोटेश्वरमा बा २ प ७३६५ नम्बरको मोटरसाइकल दुर्घटना गराई फरार भएका भक्तपुर ठिमी नगरपालिका–१३ का ४४ वर्षीय राम भक्त श्रेष्ठलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।