२० अर्ब रिपो जारी गर्दै राष्ट्र बैंक

काठमाडौँ, ९ मंसिर । नेपाल राष्ट्र बैंकले बिहीबार २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्दैछ । बैंकले सर्ट ट्रम लोनको रुपमा १४ दिनका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई उक्त रकम सापटी दिन लागेको हो ।  बिहीबार अर्थात् मंसिर ९ गते दिउँसो २ बजे जारी हुने उक्त रिपो आगामी मंसिर २३ गते परिपक्व हुनेछ । 

उक्त रिपोका लागि नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुले आवेदन दिन सक्नेछन् । आवेदन राष्ट्र बैंकको वेबसाइटमा नै उपलब्ध गराइएको छ ।  बजारमा तरलता (लगानीयोग्य रकम) अभाव रहेको अवस्थामा बैंकले रिपोमार्फत रकम व्यवस्थापन गर्दै आइरहेको छ । यसअघि पनि बैंक यसैगरी रिपो जारी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । काठमाडौँमा टिपरको ठक्कर स्कुटर चालकको मृत्यु मृत्यु भएको छ । प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका–४ माइती नेपाल चोकस्थित

मुस्ताङ, १४ बैशाख । पछिल्लो समय हिमाली जिल्ला मुस्ताङमा जलवायु सङ्कटका कारण खानेपानीका मुहान सुक्दै जान थालेका छन् । कृषि

काठमाडौँ, १४ बैशाख । आज बिहान डोल्पा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु

काठमाडौँ, १४ वैशाख । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज