जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन, ९ मंसिर । चितवनको राप्ती नगरपालिका–२, श्रीदेवीचोकमा बोलेरो जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मकवानपुरको मनहरी गाउँपालिका–६ का ४५ वर्षीय रघुनाथ श्रेष्ठको उपचारका क्रममा कलेज अफ मेडिकल साइन्स अस्पताल भरतपुरमा मृत्यु भएको हो ।

चितवनको भन्डाराबाट लोथरतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३ ००१ च १२७५ नम्बरको बोलेरो गाडीले हिजो बेलुका करिब सवा ७ बजे उनलाई ठक्कर दिएको थियो । जिप चालक फरार भएकोले खोजी भइरहेको इलाका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा बिक्रीका लागि राखिएको तितेकरेलामा अत्यधिक विषादी भेटिएको छ । 

काठमाडौँ, १४ बैशाख । ललितपुरको बडीखेलस्थित रिह्‌याब सेन्टरमा राखिएका एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भएका

दाङ, १४ बैशाख ।  दाङमा २० वर्षपछि फरार अभियुक्त पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य

मुस्ताङ, १४ बैशाख । पछिल्लो समय हिमाली जिल्ला मुस्ताङमा जलवायु सङ्कटका कारण खानेपानीका मुहान सुक्दै जान थालेका छन् । कृषि