काठमाडौँ, ९ मंसिर । तुवाँलो र हुस्सुका कारण भिजिबिलिटी कम हुँदा आन्तरिक उडान प्रभावित भएका छन् ।
मौसमविद्का अनुसार अहिले भिजिबिलिटी १५ सय मिटरमा झरेको छ । विराटनगर, भरतपुर, भोजपुर, दाङ, राजविराज, सुर्खेत, धनगढी लगायतका क्षेत्रमा उडान रोकिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
तुवाँलो हटेपछि उडान सुरु हुने कार्यालयले जनाएको छ ।