काठमाडौँ, ९ मंसिर । नेकपा एमालेका युवा नेता सञ्जीव रोकाहाले पार्टीको १०औं महाधिवेशनमा केन्द्रीय लेखा आयोगको सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
एभरेष्ट मिसनसँग कुरा गर्दै इन्जिनियर रोकाहाले विश्वमा बदलिदो विज्ञान र प्रविधिको युगसँगै एमालेमा बौद्धिक तथा प्राविधिक व्यक्तिहरुको अपरिहार्यतालाई मध्यनजर गर्दै आफुले लेखा आयोगमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । हाल उहाँ पार्टीको विज्ञान तथा प्रविधि विभागको सदस्य समेत हुनुहुन्छ ।
एमाले निकट प्रोग्रेसिभ इन्जिनियररिङ एशोसिएशन नेपालको कार्यालय सचिव समेत रहुनभएका ई. रोकाहाले एमालेको प्राविधिक सेक्टरमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । त्यस्तै उहाँले लामो समयसम्म राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।