महिला हिंसा अन्त्यका लागि कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्छ : राष्ट्रपति भण्डारी

काठमाडौँ, ९ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यका लागि कानूनमा उल्लिखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गरिनुपर्ने बताएकी छन् ।​ महिलाविरूद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान, २०७८ का लागि आज शुभकामना सन्देश दिँदै उनले ‘घरैबाट सुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ विभिन्न कार्यक्रम आयोजना गरी सञ्चालन गरिने अभियानको सफलताको कामना गरे। 

“नेपालको संविधानले समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक, समृद्ध र न्यायपूर्ण समाजको निर्माण गर्ने सङ्कल्प गरेको छ, परिवर्तित सन्दर्भमा जननिर्वाचित संस्थामा महिलाको उल्लेख्य सहभागितासहित राजनीतिमा महिलाको सशक्तीकरणले तीव्रता पाएको छ”, सन्देशमा भनिएको छ, “यद्यपि कानूनले निषेध गरेका बोक्सी, छाउपडी, दाइजो, तिलक, छुवाछूतजस्ता महिलाद्वेषी प्रथा, परम्परा र अन्धविश्वासका कारण धेरै महिला दिदीबहिनीहरू अझै पनि हिंसा, विभेद र अपमानजन्य पीडा खप्न बाध्य छन् ।”

राष्ट्रपति भण्डारीले समाजमा विद्यमान यस प्रकारका विकृति र विसङ्गतिविरुद्ध परिवार र समुदायस्तरमा व्यापक सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिँदै महिलालाई आर्थिकरूपले आत्मनिर्भर बनाउँदै महिला र पुरुषमा भएको असमान शक्ति संरचनामा परिवर्तन सक्नुपर्ने बताएका छन् । सन्देशमा लैङ्गिक हिंसाविरुद्ध ऐक्यबद्धतासहितको साझा प्रतिबद्धता जनाउँदै समानतामा आधारित, न्यायपूर्ण, सभ्य र समुन्नत समाजको निर्माण गर्नेतर्फ अग्रसर हुन सबैमा हार्दिक आह्वान गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा बिक्रीका लागि राखिएको तितेकरेलामा अत्यधिक विषादी भेटिएको छ । 

काठमाडौँ, १४ बैशाख । ललितपुरको बडीखेलस्थित रिह्‌याब सेन्टरमा राखिएका एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भएका

दाङ, १४ बैशाख ।  दाङमा २० वर्षपछि फरार अभियुक्त पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य

मुस्ताङ, १४ बैशाख । पछिल्लो समय हिमाली जिल्ला मुस्ताङमा जलवायु सङ्कटका कारण खानेपानीका मुहान सुक्दै जान थालेका छन् । कृषि