१३५ निर्वाचन क्षेत्रबाट काँग्रेसले छान्यो ३५०० बढी प्रतिनिधि

काठमाडौँ, ९ मंसिर । नेपाली  काँग्रेसको  १४औँ  महाधिवेशनअन्तर्गत देशभरबाट तीन हजार पाँच सयभन्दा बढी महाधिवेशन प्रतिनिधि चयन भएका छन् । महाधिवेशन सुरु  हुन  दुई  साता  अघिसम्म  तीन  हजार  ५१०  जना  महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।

पार्टीको केन्द्रीय निर्वाचन  समितिका  सचिव  तथा  अधिवक्ता  जगन्नाथ  श्रेष्ठले  १६५  निर्वाचन  क्षेत्रमध्ये  हालसम्म  १३५  वटा  निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधिको टुङ्गो लागेको जानकारी दिए ।

काँग्रेसको  विधानअनुसार,  हरेक  निर्वाचन  क्षेत्रबाट  क्षेत्रीय प्रतिनिधिले आफूहरू मध्येबाट निर्वाचित गरेका २५ जना महाधिवेशन प्रतिनिधि र एक जना क्षेत्रीय सभापति गरेर २६ जना महाधिवेशनमा चुनिने प्रावधान छ । सचिव श्रेष्ठले अब  ३०  वटा  निर्वाचन  क्षेत्रबाट  महाधिवेशन प्रतिनिधि  चयन हुन बाँकी रहेको जानकारी दिए । गोरखापत्रमा समाचार छापिएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा बिक्रीका लागि राखिएको तितेकरेलामा अत्यधिक विषादी भेटिएको छ । 

काठमाडौँ, १४ बैशाख । ललितपुरको बडीखेलस्थित रिह्‌याब सेन्टरमा राखिएका एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भएका

दाङ, १४ बैशाख ।  दाङमा २० वर्षपछि फरार अभियुक्त पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य

मुस्ताङ, १४ बैशाख । पछिल्लो समय हिमाली जिल्ला मुस्ताङमा जलवायु सङ्कटका कारण खानेपानीका मुहान सुक्दै जान थालेका छन् । कृषि