काठमाडौँ, ८ मंसिर । नेकपा एमालेको प्रभावशाली विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्ष सुनिता बरालले आगामी एमालेको १०औं महाधिवेशनमा कम्तिमा पनि २० प्रतिशत युवाहरुको सहभागिता हुनुपर्नेमा जोड दिनुभएको छ ।
आज एक विज्ञप्ती जारी गर्दै अध्यक्ष बरालले पार्टीको केन्द्रीय कमिटीमा ४० वर्ष मुनीका युवालाई उच्च प्रथामिकता दिनुपर्ने माग गर्नुभएको छ । कम्तिमा २० प्रतिशत युवाहरुको सहभागिता गराई पार्टीलाई युवा मैत्री बनाउँदै लैजानुपर्नेमा जोड दिँदै अध्यक्ष बरालले सदियौं देखी उत्पीडनमा परेको क्षेत्र वा समुदायलाई समेत पार्टीले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।