खेम लोहनीद्वारा केन्द्रीय सदस्यमा उम्मेदवार बन्ने घोषणाः यस्तो छ उहाँको विगतको राजनीतिक यात्रा

काठमाडौँ, ८ मंसिर । नेकपा एमालेका केन्द्रीय सदस्य खेम प्रसाद लोहनीले पुनः केन्द्रीय सदस्यमा नै उम्मेदवार बनने घोषणा गर्नुभएको छ ।

आगामी १० देखी १२ गतेसम्म चितवनमा हुने एमालेको १०औं महाधिवेशनमा उहाँले पुनः केन्द्रीय सदस्यमा नै दावी गर्ने उल्लेख गर्नुभयो । उहाँ अहिले पनि केन्द्रीय सदस्य नै हुनुहुन्छ । लोहनी एक अविचलित अविछिन्न, अनवरत, अटुट रुपमा सतिसाल जस्तो भइ पार्टी जनता कार्यकर्ताका लागि खट्ने असल इमानदार शालिन र भद्र व्यक्तित्वको रुपमा कार्यकर्ताको बुझाई रहेको छ ।

यस्तो छ उहाँको एमालेको राजनीतिक यात्रा

१. २०३५ बाट विद्यार्थी राजनीतिमा सक्रिय ।
२. २०३६ आषाढमा तत्कालीन नेकपा मालेको YL मा संगठित ।
३. २०३८ महेन्द्ररत्न क्याम्प प्राक अध्यक्ष एवं स्ववियु कोषाध्यक्ष ।
४. २०३९ त्रिवि क्याम्पस किर्तिपुरमा स्ववियु सदस्य ।
५. २०४४ मा जनपक्षीय उपसभापति उमेदवार ।
६. २०४५ पार्टीको संगठित सदस्यता प्राप्त
७. २०४७ जिल्ला कमिटी सदस्य
८. २०५२ एमाले जिल्ला कमिटी उपसचिव ।
९. २०५४ मा धादिङ जिविस सभापति निर्वाचत ।
१०. २०६३ मा वागमतीअञ्चलकमिटीसचिवाय सदस्य ।
११. २०६४ मदन भण्डारी फाउन्डेसन धादिङको संस्थापक अध्यक्ष ।
१२. २०६९ धादिङ एमाले जिल्ला कमिटी अध्यक्ष निर्वाचित ।
१३. २०७० संविधानसभा चुनावको जिल्ला कमान्डर भइ तिनैवटा क्षेत्र जिताउन सफल ।
१४. २०७४ मा धादिङ निर्वाचन क्षेत्र नं २ बाट संघिय संसद प्रतिनिधिसभा सदस्य निर्वाचित ।
१५. २०७७ मा एमाले वागमती प्रदेश कमिटी सचिव चयन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ४ माघ । भक्तपुरमा एक पुरुष मृतावस्थामा फेला परेका छन् । शुक्रबार बिहान मध्यपुर ठिमी नगरपालिका वडा नं. १

काठमाडौँ, ४ माघ । सोलुखुम्बुबाट हराएका एक विदेशी नागरिकलाई प्रहरीले उद्धार गरेको छ । बाटो बिराएर हराएका जर्मनी नागरिकलाई उद्धार

काठमाडौँ, ४ माघ । सङ्खुवासभाबाट ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार खाँदबारी

काठमाडौँ, ४ माघ । रुपन्देहीको सियारी गाउँपालिका–७ हिरागञ्जस्थित न्यु कामना इँटा उद्योगमा कार्यरत एक मजदुरको कुटपिटबाट मृत्यु भएको छ ।