आइएमएफले पाकिस्तानमा पेट्रोलियम पदार्थको मूल्य थप बढाउन भन्यो : प्रम खानका सल्लाहकार

पाकिस्तान, ८ मंसिर । पाकिस्तानमा चर्को मूल्यवृद्धि भइरहेको छ, यससँगै भर्खरै भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि पछि त्यहाँ विपक्षी पार्टीले ठुलै विरोध प्रदर्शन गरिरहेको अवस्था छ । तर आगामी दिनमा पाकिस्तान सरकारले पेट्रोलियम पदार्थको मूल्यमा थप वृद्धि गर्ने लगभग पक्कापक्की भएको छ ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानका आर्थिक मामिलाका सल्लाहकार शौकत तरिनलाई द न्युज इन्टरनेशनलले उद्धृत गरेको छ । तरिनका अनुसार अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफले पाकिस्तान सरकारलाई विश्वव्यापी पेट्रोलियम पदार्थको मूल्यसँग तालमेल मिल्ने गरी थप मूल्यवृद्धि गर्ने भनेको हो ।

यदि पेट्रोलियम पदार्थको विश्वव्यापी मूल्य घटेमा पाकिस्तानले पनि पेट्रोलियम पदार्थको मूल्य घटाउने भनी तरिनले बताएका छन् । पेट्रोलियम पदार्थको मूल्य विश्वव्यापी मूल्यसँग सम्बन्धीत भएकाले पाकिस्तान सरकारको नियन्त्रणमा पेट्रोलियम पदार्थको मूल्य नरहेको तरिनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा बिक्रीका लागि राखिएको तितेकरेलामा अत्यधिक विषादी भेटिएको छ । 

काठमाडौँ, १४ बैशाख । ललितपुरको बडीखेलस्थित रिह्‌याब सेन्टरमा राखिएका एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भएका

दाङ, १४ बैशाख ।  दाङमा २० वर्षपछि फरार अभियुक्त पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य

मुस्ताङ, १४ बैशाख । पछिल्लो समय हिमाली जिल्ला मुस्ताङमा जलवायु सङ्कटका कारण खानेपानीका मुहान सुक्दै जान थालेका छन् । कृषि