‘कांग्रेस हाफ, प्रचण्ड-माधव पत्ता साफ’ : नेता बस्नेत

काठमाडौँ, ८ मंसिर । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आगामी निर्वाचन पछि कांग्रेस वर्तमान अवस्थाको भन्दा हाफ र नेकपा माओवादी केन्द्र तथा नेकपा एकिकृत समाजवादी पार्टी पत्ता साफ हुने दावी गर्नुभएको छ ।

राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको आयोजनामा आज काठमाडौँमा आयोजना गरिएको विचार गोष्ठी तथा साइवर सर्कल घोषणा कार्यक्रममा बोल्दै नेता बस्नेतले कांग्रेसले मुलुक र जनताको मुद्धालाई त्यागी विदेशी तथा दलाल, भ्रष्ट, अवैध गठबन्धन गरी जनतालाई धोका दिएकाले निर्वाचनमा ठूलो मूल्य चुकाउनुपर्ने उद्घोष गर्नुभयो ।

वर्तमान पाँच दलीय गठबन्धन नभई १.४ दलीय भएको उल्लेख गर्दै नेता बस्नेतले एक भनेको कांग्रेस र पइन्ट ४ को रुपमा माओवादी, नेकपा एस, जसपा तथा जनमोर्चा रहेको दावी गर्नुभयो । पाँच दलीय गठबन्धनको सरकार जनादेशबाट नभई परमादेशबाट बनेको सरकारले देश र जनताको पक्षमा नभई दक्षिणपन्थीहरुको इसारामा चलेको आरोप लगाउँदै नेता बस्नेतले आगामी निर्वाचनमा एमालेलाई तीन वटै तहको सरकारमा दुई तिहाई मतका साथ विजय हासिल गराई सिंहदरबारको मुल गेटबाट प्रवेश गरी समृद्ध नेपाल : सुखी नेपालीको अभियानलाई सफल बनाउने उद्घोष गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘वर्तमान सरकारलाई पाँच दलीय भनिन्छ तर यो पाँच दलीय हैन, १.४ दलीय गठबन्धन भन्छु । एक भनेको कांग्रेस र पइन्ट ४ भनेको माओवादी, नेकपा एस, जसपा र जनमोर्चा हो । १.४ गठबन्धनको कुनै अर्थ छैन । एमाले त्यसको लागि ठूलो भारी हो । जनताको पार्टी हो । आगामी निर्वाचनमा जनताले आशा र भरोषाको पार्टी एमालेलाई दुई तिहाई मतका साथ विय हासिल गराउनुहुनेछ । त्यसपछि एमालेले स्थिर सरकार साथ देश र जनताको पक्षमा काम गर्ने छ । समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थकतामा पुर्याउने छ । लिपुलेक, लिम्पियाधुरा तथा कालापानी फिर्ता ल्याउने छ । नेपालको स्वभिमानलाई विश्वसामु अझ उचो बनाउने छ ।’

एमालेको १० औं महाधिवेशनबाट सर्वसम्मत केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष बनाउनुपर्नेमा जोड दिँदै नेता बस्नेतले अध्यक्ष ओली नै मुुलुक र जनताको लागि फादर अफ द नेशन भएको पुनः दावी गर्नुभयो । आगामी महाधिवेशन पछि पार्टी अध्यक्षको रुपमा दोस्रो कार्यकालको नेतृत्व गर्दै केपी ओली आउनेमा कुनै संका नभएको उल्लेख गर्दै नेता बस्नेतले केपी ओली पार्टीको अध्यक्ष तथा आगामी निर्वाचन पछि शक्तिसाली प्रधानमन्त्रीको रुपमा आउने सोत उल्लेख गर्नुभयो ।

एमालेको १०औं महाधिवेशनले युवाहरुको प्रतिनिधित्वलाई बढाउने उल्लेख गर्दै नेता बस्नेतले युवा पंति मुलुकको भाग्य र भविष्य निर्माणको मेरुदण्ड भएकाले उचित स्थान दिई समृद्ध नेपाल सुखी नेपाली निर्माणको अभियानमा लगाउनुपर्नेमा जोड दिनुभयो । सार्ववर सर्कल कुनै अराजक तत्वलाई कानुनी प्रकृयामा ल्याउने मात्र नभई एमालेले गरेका सकारात्मक गतिविधिहरुलाई जनताको माझमा लैजाने विश्वास समेत व्यक्त गर्नुयभो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहितको भ्रमण दल बेलायत प्रस्थान गरेको छ ।  बेलायतको सर्वोच्च अदालत र अन्य अदालतहरूको औपचारिक

काठमाडौँ, १४ बैशाख । नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा.फणीन्द्रराज पाठकले संविधान विपरीत समवेदना वक्तव्य निकालेको भन्दै कारबाही

काठमाडौँ, १४ वैशाख । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ ।  सवा १ बजे बस्ने बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले

काठमाडौँ, १४ वैशाख । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा अर्थ