काठमाडौँ, ८ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पाँच देशका गैरआवासीय राजदूतहरुले आ-आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका छन् ।
राष्ट्रपति कार्यालयका अनुसार आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उनीहरुले आ-आफ्नो ओहदाको प्रमाणपत्रहरुको बुझाएका हुन ।
प्रमाणपत्र बुझाउनेहरुमा नेपालका लागि सिंगापुरका राजदूत सिमोम वोङ वाइ कुइन, नेपालका लागि न्युजिल्याण्डका राजदूत डेभिड ग्रेगोरी पाइन, नेपालका लागि होली सीका राजदूत लियोपोल्दो गिरेल्ली, नेपालका लागि टर्कीका राजदूत फिरात सुनेल र नेपालका लागि रोमानियाका राजदूत ड्यानिएला मारिएना सिजोनोभ ताने रहेका छन् । उनीहरु पाँचैजना नेपालका लागि गैरआवासीय राजदूतहरु हुन् ।
ओहदाको प्रमाणपत्र बुझाउने समारोहमा सरकारका परराष्ट्रमन्त्री डा.नारायण खड्का लगायत उच्च पदस्थ सरकारी कर्मचारीहरुको उपस्थित भएका थिए ।