सप्तरी, ८ मंसिर । सप्तरीमा एक बृद्धको हत्या भएको छ ।
सप्तरी प्रहरीका अनुसार आज दिउँसो छिन्नमस्ता गाउँपालिका–६ का ७६ बर्षीय मिश्रीलाल मण्डलको हत्या भएको हो ।
उनको शव घाँटी काटिएको अवस्थामा गाउँ नजिकैको फुलबारीमा फेला परेको स्थानीयले बताएका छन् । मण्डल बिहान १० बजेतिर सखडा बजारतिर निस्केका थिए । उनको हत्या भएको सम्बन्धमा खबर आएको र प्रहरी टोली त्यसतर्फ गइरहेको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले बताए ।