काठमाडौँ, ८ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १८१ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १४४, भक्तपुरमा ११ र ललितपुरमा २६ गरी १८१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या एक हजार ६९४ पुगेको छ ।