बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ, ८ मंसिर । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-१० घर भइ ललितपुर जिल्ला सानागाउँ बस्‍दै आएकी ५१ वर्षीया दुर्गा शाही सापकोटालाई आज केन्द्रीय अनुसन्धान व्युरोको टोलीले पक्राउ गरेको हो ।

उच्च अदालत पाटनले उनीविरुद्ध संसिर १६ गते बैंकिङ कसुर मुद्दामा सात दिन कैद र १३ लाख ६५ हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो । आफ्नो खातामा पर्याप्त रकम नहुँदा नहुँदै सापकोटाले २०७५ साल कात्तिक ६ गते रकम भुक्तानीका लागि हिमालयन बैंक लिमिटेडको चेक काटेर दिएकी थिइन् ।

पक्राउ परेका उनलाई फैसला कार्यान्वयनको लागि बुधबार काठमाडौं जिल्ला अदालतमा पेश गरेको ब्‍यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० फागुन । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा केशरजंग बराल नियुक्त भएका छन् । बराललाई त्रिविका कुलपति तथा प्रधानमन्त्री

काठमाडौँ, ९ फागुन । सरकारविरुद्ध एमाले निकट अनेरास्ववियुले आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । अध्यक्ष समिक बडालले हिजो एक विज्ञप्ती

काठमाडौँ, ६ फागुन । नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुले गठबन्धन सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ । यही फागुन २

काठमाडौँ, ६ फागुन । २०८१ सालमा हुने कक्षा १२ को वाषिर्क परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड,