कांग्रेसको सोलुखुम्बु सभापतिका लागि पुनः मतदान हुने

सोलुखुम्बु, ८ मंसिर । नेपाली कांग्रेस सोलुखुम्बुको सभापति पदका लागि दोस्रो चरणको मतदान यही मङ्सिर १४ गते हुने भएको छ । नेपाली कांग्रेसको मङ्गलबार बसेको बैठकले सभापति चयनका लागि मङ्सिर १४ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।

पदाधिकारी चयनका लागि यही मङ्सिर २ गते पार्टीको निर्वाचन भए पनि सभापति चयन हुन सकेको थिएन । जिल्ला सभापतिमा तीनजनाको उम्मेदवारी परेपछि कांग्रेसको विधान अनुसार कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसक्दा नेतृत्व चयन हुन नसकेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० फागुन । चालु आर्थिक वर्षको सात महिनामा नेपालबाट ८ अर्ब रुपैयाँ बराबरको चिया र कफी निर्यात भएको छ

पर्सा, १० फागुन । बहुदरमाई नगरपालिका-९ बाट कटुवा पेस्तोल १ थानसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ, १० फागुन । काठमाडौँ महानगरपालिकाले फागुन १६ गतेदेखि दुई चरणमा दादुरा–रुबेला खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । बुधबार

काठमाडौँ, १० फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।