टाटा सुमोले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

जनकपुरधाम, ८ मंसिर । सर्लाहीमा टाटा सुमोले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

सर्लाही प्रहरीका अनुसार कर्मैयाबाट बरहथवातर्फ जाँदै गरेको बीआर ०५पीए ७१९९ नम्बरको टाटा सुमोले विपरीत दिशातर्फ जाँदै गरेको ज १२ प ९९०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक हरिवन नगरपालिका-७ बस्ने २५ वर्षीय देव मोक्तान र पछाडि सवार २३ वर्षीय मिलन ब्लोनको मृत्यु भएको हो ।

ठक्कर दिने टाटा सुमोसहित चालकलाई इलाका प्रहरी कार्यालय बरहथवाले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ वैशाख । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन थालेको बताएका छन् ।  राजधानीमा बुधबार आयोजित ‘दिगो

काठमाडौँ, १९ वैशाख । काठमाडौँ उपत्यकाको वायुको गुणस्तर अति अस्वस्थकर छ । वायु गुणस्तरको अन्तर्राष्ट्रिय सूचकांक आईक्यू एयरअनुसार बिहान १०ः४५ बजे

काठमाडौँ, १९ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादनसँगै रोजगारीलाई प्राथमिकतामा राखेर

काठमाडौँ, १९ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभित्र मर्यादित श्रम गर्ने वातावरण निर्माण गरी आन्तरिक उत्पादन र उत्पादकत्व बढाइनुपर्ने बताएका