एमालेले बढायो महाधिवेशन प्रतिनिधिको संख्या

काठमाडौँ, ८ मंसिर । नेकपा एमालेले आसन्न १०औं महाधिवेशनका लागि प्रतिनिधिको संख्या २३ सय २७ पुर्याएको छ ।

मंगलबार बसेको स्थायी कमिटी बैठकले प्रतिनिधिको संख्या बढाएर २३ सय २७ पुर्याउने निर्णय गरेको हो । यसअघि १ हजार ९ सय ९९ जना महाधिवेशनमा प्रतिनिधि हुने बताइएको थियो । तर मंगलबारको बैठकले १०३ जना थप प्रतिनिधि मनोनीत गर्ने निर्णय गरेको सचिव योगेश भट्टराईले बताउनुभयो ।

उहाँका अनुसार हालसम्म केन्द्रीय कमिटी र केन्द्रीय निकायबाट हुने पदेन प्रतिनिधिको संख्या २ सय ३८ जना, निर्वाचित प्रतिनिधि १ हजार ८ सय ८९ जना रहेका छन् । हालसम्म ६२ महिलासहित १ सय ९५ जना दलित र ५ सय ७६ जना महिला प्रतिनिधि हाधिवेशनमा सहभागी हुने भट्टराईले बताउनुभयो । त्यसैगरी महोत्तरी, रौतहट, प्रदेश नम्बर २ मजदुर प्रतिनिधि र भूतपूर्व सैनिक गरी ६७ जना प्रतिनिधि चयन हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन, सामाजिक न्याय र समृद्धिको अवधारणालाई मूर्त रूप दिन सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको

काठमाडौँ, २८ माघ । नेपालमा सञ्चालनमा रहेका गैरनाफामूलक संस्था (एनजीओ/आईएनजीओ) को कारोबारलाई पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन लागू हुने भएको छ ।

काठमाडौँ, २८ माघ । भ्रष्टाचार नियन्त्रणका लागि स्थापित अख्तियार दुरुपयोग अनुसन्धान आयोग आजदेखि ३४ औँ वर्षमा प्रवेश गरेको छ । सुशासन

काठमाडौँ, २७ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा ठूलो आन्दोलनको आवश्यकता महशुस हुन थालेको बताएका छन्