मतगणना स्थलमा झडप हुदा ७ जना घाइते

दाङ, ८ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्युठान अधिवेशनको मतगणना स्थलमा तनाब उत्पन्न भएपछि प्रहरीले अश्रुग्यास हानेको छ ।

मंगलबार राति मतगणना स्थल स्वर्गद्वारी क्याम्पसको टिनमा कसैले ढुँगा हानेपछि सिर्जना भएको तनाव नियन्त्रणमा लिन दुई राउन्ड अश्रुग्यास हान्नु परेको लुम्बिनी प्रदेश प्रहरीले जनाएको छ ।

झडपका क्रममा दुईजना प्रहरी सहित ७ जना घाइते भएका छन् । प्रहरी जवान गोपाल जिसी र चन्द्र बहादुर गाह घाइते भएका छन् । कांग्रेस कार्यकर्ता कृष्ण बसेल, स्वर्गद्वारी नगरपालिका २ का २० वर्षीय कमल घर्ती , नौबहिनी ६ का २६ वर्षीय कुंवर पुन, २३ वर्षीय बिनोद रिजाल र प्युठान नगरपालिका ७ का खेमराज पण्डित उक्त झडपमा घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारका लागि प्युठान जिल्ला अस्पताल बिजुवार लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ फागुन । आजदेखि लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । यस्तै डिजेल तथा मट्टितेलको मूल्य

काठमाडौँ, ४ फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । गोलभेडा

काठमाडौँ, ४ फागुन । विकासशील राष्ट्रको समूहमा स्तरोन्नति भएपछि नेपालले पाउने अनुदान र सहुलियतपूर्ण ऋणमा १० देखि १५ प्रतिशत प्रभाव पर्ने

काठमाडौँ, ३ फागुन । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको अर्थतन्त्रमा क्रमशः सुधार हुँदै गएको बताएका छन् । आज गण्डकी