माओवादीका केन्द्रीय सदस्य बन्जाडेको निधन

काठमाडौँ, ८ मंसिर । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद बन्जाडे (टंकमणि)को दुर्घटनामा परेर निधन भएको छ ।

मंगलबार बेलुकी करिब ९ बजे बुटवलको जितगढीमा बन्जाडे उहाँ सवार लु २६ प ५८९८ नम्बरको मोटरसाइकललाई ना ५ ख ९०६ नम्बरको यात्रु बाहक बसले ठक्कर दिएको थियो । उहाँको बुधबार बिहान निधन भएको माओवादी केन्द्रका नेता वामदेव क्षेत्रीले जानकारी दिनुभयो ।

बुटवल बेलबासका ५५ बर्षिय बन्जाडे सवार मोटरसाइकललाई बसले ठक्कर दिएको थियो । बन्जाडे मोटरसाइकल पछाडि सवार हुनुहुन्थ्यो । उहाँको उपचारको क्रममा निधन भएको हो । मोटरसाइकल चालक पाल्पाका जितबहादुर थापा भने सामान्य घाइते हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशिघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य

काठमाडौँ, ६ माघ । भीम रावलका पक्षमा खुलेका दुई नेतालाई नेकपा (एमाले) कैलाली जिल्ला कमिटीले कारबाही गरेको छ । एमाले जिल्ला कमिटी

काठमाडौँ, ६ माघ । नेपाली कांग्रेसले पार्टीका कोशी प्रदेश सभापति एवम् प्रदेशसभा संसदीय दलका नेता उद्धव थापामाथि भएको आक्रमणप्रति घोर

काठमाडौँ, ६ माघ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिक रूपमा सबै दलहरूबीच सहमति भएमा तत्काल संविधान संशोधन हुने