उम्मेदवारीबारे अध्यक्ष ओली अझै मौन

काठमाडौँ, ८ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो मुख्य शक्ति नै आमकार्यकर्ता र प्रतिनिधि हुने भएकाले १०औँ महाधिवेशनमा उहाँहरूकै इच्छाअनुसार आफू अघि बढ्ने बताएका छन् । उनले महाधिवेशनमा आफू केमा उठ्ने भन्ने कुराको निर्क्योल आमकार्यकर्ता र प्रतिनिधिले गर्ने भन्दै त्यस सम्बन्धमा आफू अहिले मौन रहेको स्पष्ट पारे ।

एमाले प्रचार विभागले महाधिवेशनको पूर्वसन्ध्यामा मंगलबार राष्ट्रिय सञ्चार माध्यमका सम्पादकसँग गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महाधिवेशनमा हुने हरेक लोकतान्त्रिक अभ्यासलाई आफूले सम्मान गर्ने बताए ।

ओलीले कुनै पनि उम्मेदवारलाई उसको इच्छाविपरीत सहमतिका नाममा बस्न आफूले कुनै दबाब नदिने स्पष्ट पारे । आफूविरुद्ध कोही उम्मेदवार हुन्छ भने बस्नका लागि दबाब पनि नदिने भन्दै उनले भने, ‘मैले उठ्ने निधो गरेँ भने मलाई छोड्न नि पाउँछ, चुनौती दिन पनि पाइन्छ । कसैले चुनौती दिएमा स्वागत गर्छु । लोकतन्त्रमा चुनौती स्वाभाविक कुरा हो, स्वाभाविक रूपमा लिनुपर्छ ।’ अध्यक्ष ओलीले आफूले सहमतिका लागि आग्रह गर्दा दबाब दिएको सन्देश जान सक्ने भएकाले नेतृत्व चयनको जुनसुकै प्रक्रियालाई पनि स्वीकार गर्ने स्पष्ट पारे । कार्यकर्ता वा प्रतिनिधिको इच्छा बेगर आफूले कुनै कदम नचाल्ने उनले स्पष्ट पारे । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ फागुन । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले स्वास्थ्य बीमा कार्यक्रम आफैँ भ्रष्टाचारको माध्यम बनिरहेको बताएका छन् ।  राजनीतिक दल

काठमाडौँ, १२ फागुन । समाजवादी मोर्चाले सातवटै प्रदेशमा अन्तरक्रिया गर्ने भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले

धनुषा, १२ फागुन ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमला नदीमा निर्माण भएको झोलुङ्गे पुलको उद्घाटन गरेका छन् । सिरहा नगरपालिका–१३

काठमडौँ, १२ फागुन । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच शिष्टाचार भेटवार्ता भएको छ । आज बिहान ले लैनचौरस्थित