रसुवा–टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाहको काम सुस्त

काठमाडौँ, ८ मंसिर । बाह्य मुलुकबाट आयात र नेपालबाट निर्यात हुने सामानलाई एकीकृत सेवा दिनका लागि रसुवा–टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाहको काम निर्धारित समयमा सम्पन्न नहुने भएको छ । शिलान्यास भएको दुई वर्ष बितिसक्दा पनि सो बन्दरगाहको अहिलेसम्म भौतिक प्रगति १८ प्रतिशत मात्र रहेको छ । ३० महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी २०७६ मङ्सिर ४ गते बन्दरगाहको शिलान्यास गरिएको थियो । २०७९ जेठभित्र बन्दरगाहको निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको थियो ।

इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले कोभिड–१९ को महामारीका कारण नेपाल र चीनबीचको द्विदेशीय व्यापारमा थप सहज बनाउने उद्देश्यसहित निर्माण भइरहेको रसुवा–टिमुरे सुक्खा बन्दरगाहको निर्माण निर्धारित समयमा सम्पन्न नहुने स्पष्ट पारे ।

समितिका कार्यकारी निर्देशक गजुरेलले कोभिड–१९ को महामारीका कारण चिनियाँ प्राविधिक कामदार स्वदेश फर्केपछि लामो समयसम्म निर्माण कार्य हुन नसक्दा निर्धारित समयमा बन्दरगाहको काम सम्पन्न हुन नसक्ने देखिएको स्पष्ट पारे। यस परियोजनामा सबै कामदार र प्राविधिक चीनका नै रहेका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । निजी स्रोतबाट अध्यापन गराइरहेका शिक्षकलाई तलब खुवाउन विद्यार्थीहरूबाट चर्को शुल्क असुलेको आरोपमा दुई जनाविरुद्ध शुक्रबार विशेष

धनगढी, १६ चैत । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएकी छिन्

काठमाडौँ, १६ फागुन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशमा उत्पादित पोशाक लगाउने

काठमाडौँ, १६ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । आज