राजेन्द्र गौतमद्वारा सचिव पदमा उम्मेदवार दिने घोषणा

काठमाडौँ, ७ मंसिर । नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद राजेन्द्र प्रसाद गौतमले सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

नेता गौतमले एभरेष्ट मिसन डट कमसँग कुरा गर्दै उक्त घोषणा गर्नुभयो । पार्टीमा मेरो योगदान, लगानी र कार्यक्षमताका कारण आगामी मंसिर १० देखी १२ गते सम्म चितवनमा हुने १०औं राष्ट्रिय महाधिवेशनमा सचिव पदमा उम्मेदवार बन्ने घोषणा गर्नुभएको हो ।

यस्तो छ, उहाँको योग्यता तथा अनुभव

प्रतिनिधि सभा सदस्य नेता गौतम केन्द्रीय कमिटी सदस्यको साथ साथै प्रदेश नं. १ को सहइन्चार्ज, संखुवासभाको इन्चार्ज तथा केन्द्रीय पार्टी स्कूल विभागको सदस्य हुनुहुन्छ । केन्द्रीय प्रचार विभागको पूर्वसचिव समेत रहुनभएका नेता गौतम प्रेस संगठन नेपालको पूर्वइन्चार्ज, प्रेस चौतारी नेपाल पूर्व इन्चार्ज, कोशी अञ्चल समन्वय कमिटीको एमाले पूर्वसचिव तथा कोशी अञ्चल समन्वय कमिटीमा रहेर आफ्नो भूमिकालाई पार्टीमा स्थापीत गरिसक्नुभएको छ । २०६५ सालको आठौं माधिवेशनदेखि केन्द्रीय सदस्य हुनु भएका गौतम कोशी अञ्चल इन्चार्ज हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ फागुन । नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनमा एक्लै निर्वाचन लड्ने भएको छ ।   आज सम्पन्न सो पार्टीको

सुर्खेत, १६ फागुन । मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशलाई पछि पारिएको भन्दै क्षतिपूर्तिसहितको विकास चाहिएको बताएका छन् । सुर्खेतमा आयोजित

काठमाडौँ, १६ फागुन । राष्ट्रिय सभा अध्यक्ष आफूले पाउनेमा ढुक्क रहेको कांग्रेस मंगलबार माओवादीबाट समेत दाबी गरिएपछि झस्किएको छ । माओवादीको

कवासोती, १६ फागुन । नेकपा एकीकृत समाजवादी पार्टी नवलपुरका जिल्ला अध्यक्षको टोली नेकपा एमालेमा प्रवेश गरेका छन् । उनीलाई नेकपा