कांग्रेसको डोटी जिल्ला सभापतिमा ५ जनाको उम्मेदवारी

डोटी, ७ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा डोटी जिल्ला सभापति पदका लागि पाँच जना प्रतिस्पर्धामा रहेका छन् ।

निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावली अनुसार जिल्लाको नेतृत्व गर्न वर्तमान सभापति प्रदीप देउवासहित टेकराज ओझा, नरवहादुर ढाँट पाल, नरेन्द्रवहादुर सिंह र भूमिराज बडु प्रतिस्पर्धामा छन् ।

यस्तै उपसभापतिका लागि चार जनाले उम्मेदवारी दिएका छन् । वर्तमान सचिव नारायण जोशी, पदम रावत, बमबहादुर कठायत र बाजीसिंह खड्का ९विजय० उपसभापतिमा प्रतिस्पर्धा गर्दैछन् । सचिवमा ओमप्रकाश पाठक, कुवेरबहादुर खड्का, गणेशबहादुर खड्का, नरबहादुर खड्का र नारायणबहादुर बलायरबीच प्रतिस्पर्धा हुने भएको छ । सहसचिवमा कृष्णबहादुर बम, गोकर्णबहादुर मलासी, छत्रबहादुर कठायत, डम्मर बम र शेरबहादुर बोगटीबीच प्रतिस्पर्धा हुने छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ पौष । मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक भएको छ । पौष २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय सरकारका प्रवक्ता

काठमाडौँ, २९ पौष । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनिर्मित संसद् भवनको निरीक्षण गरेका छन् । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे

काठमाडौँ, २९ पौष । आज दिउँसो २ बजे बस्ने भनिएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । केन्द्रीय

काठमाडौँ, २९ पौष । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने