आपसी झगडामा एक जनाको मृत्यु

डोटी, ७ मंसिर । बोगटानफुड्सिल गाउँपालिका–१ उल्टेपानीमा आपसी झगडामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४९ वर्षीय धनबहादुर मगर रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार स्थानीय टेकबहादुर मगरको घर छाएर खाना खाने क्रममा ३२ वर्षीय मिलन मगर र धनबहादुरबीच विवाद भएको थियो ।

मिलनको कुटाइबाट धनबहादुर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि दिपायल ल्याउँदै गर्दा बीच बाटोमै मृत्यु भएको चन्दले बताए । कुटपिटमा संलग्न मिलनलाई प्रहरी चौकी चमराचौतराको टोलीले पक्राउ गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बुटवल, १२ मंसिर । बुटवलउपमहानगरपालिकाको निर्माणाधीन भवनमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

काठमाडौँ, १२ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६१ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १२ मंसिर । नेकपा एमालेका चार नेताले ३०१ केन्द्रीय सदस्यको सूची अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका छन् । सौराहमा

काठमाडौँ, १२ मंसिर । सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि छलफलमा जुटेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व माओवादी पृष्ठभूमिका एमाले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021