आगलागीबाट तीन बालकको मृत्यु

सिन्धुपाल्चोक, ७ मंसिर । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ सुर्सिङ गाउँको झाक्रिटोलमा आगलागी हुँदा तीन बालकको मृत्यु भएको छ । स्थानीय सञ्च तामाङको गोठमा आगलागी हुँदा उनीहरुको ज्यान गएको हो । 

मृत्यु हुनेमा सञ्च तामाङका छोरा ६ वर्षीय मनोज तामाङ, सोही गाउँका सुकमान तामाङका छोरा पाँच वर्षीय मनिष तामाङ र सोही गाउँका साइला तामाङका छोरा पाँच वर्षीय दिलबहादुर तामाङ रहेको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

ढुङ्गा, माटो र टिनले छाएको एकतले गोठमा सोमबार साँझ मकैको ढोड र सुकेको नलमा आगो सल्किँदा आगलागी भएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ फागुन । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले स्वास्थ्य बीमा कार्यक्रम आफैँ भ्रष्टाचारको माध्यम बनिरहेको बताएका छन् ।  राजनीतिक दल

काठमाडौँ, १२ फागुन । समाजवादी मोर्चाले सातवटै प्रदेशमा अन्तरक्रिया गर्ने भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले

धनुषा, १२ फागुन ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमला नदीमा निर्माण भएको झोलुङ्गे पुलको उद्घाटन गरेका छन् । सिरहा नगरपालिका–१३

काठमडौँ, १२ फागुन । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच शिष्टाचार भेटवार्ता भएको छ । आज बिहान ले लैनचौरस्थित