एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ, ७ मंसिर । महाधिवेशन प्रतिनिधि मनोनित गर्ने विषयमा छलफल गर्न नेकपा ९एमाले०को स्थायी कमिटीको बैठक मंगलबार बस्दै छ ।

बैठक बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बस्ने छ । सोमबार बोलाइएको बैठक तयारी नपुगेको भन्दै मंगलबारका लागि सारिएको थियो । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले पाँच प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनित गर्ने विषयमा बैठकमा छलफल हुने जानकारी दिनुभयो ।

निर्वाचित भएर आएका बाहेक पाँच प्रतिशत प्रतिनिधि मनोनित गर्ने स्थायी कमिटीको प्रस्तावलाई केन्द्रीय कमिटीले अनुमोदन गर्ने छ । यही मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा आयोजित एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा २ हजार महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन् । एमालेले १९ सय भन्दा बढी महाधिवेशन प्रतिनिधि चयन गरिसकेको छ । आजको बैठकमा केन्द्रले मनोनित गर्ने ९६ जना सदस्यहरुबारे छलफल हुने छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ मंसिर । मकवानपुरको बकैया गाउँपालिका–५ झाँक्रीडाँडास्थित निर्माणाधीन काठमाडौँ–तराई द्रुतमार्ग (फास्ट ट्र्याक)मा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ

बागलुङ, २१ मंसिर । काठेखोला गाउँपालिका–५ माथिल्लो बिहुँमा खानेपानी समस्या बढ्दै गएको छ । पानीको मुहान सुक्दै गएपछि घोडाबाँधे, रिजालचोक,

काठमाडौँ, २१ मंसिर । नेपाल प्रहरीमा १ हजार २ सयभन्दा बढी संख्यामा नयाँ भर्ना खुलेको छ । जनपद प्रहरी समूहतर्फ

रौतहट, २१ मंसिर । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत चन्द्रपुर–५ मा विद्युतीय सवारीसाधन चार्जिङ स्टेशन निर्माण भएको छ । मधेश प्रदेश सरकार