सडक दुर्घटना मानिसको मृत्युको सातौं कारण बन्ने

काठमाडौँ, ६ मंसिर । विश्व स्वास्थ्य सङ्गठनले सन् २०३० सम्ममा सडक दुर्घटना मानिसको मृत्युको सातौं कारण बन्ने प्रक्षेपण गरेको छ । ‘विश्व सडक यातायात पीडित’को सम्झना दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठनका अनुसार सडक दुर्घटना मृत्युको सातौं कारण हुन सक्नेतर्फ विश्वलाई सचेत गराउँदै सडक सुरक्षातर्फ विशेष ध्यान दिन जोड दिइएको हो ।

स्वतन्त्रता अभियान नेपालका प्रमुख रितु भट्ट (राई) ले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सन् २०१७ मै सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालमा मानिसको मृत्यु हुने कारणमध्ये सडक दुर्घटना चौथो कारण भनिएको छ, यसको न्युनीकरणका सडक सुरक्षाका कार्यक्रमलाई प्रभावकारी ढङ्गले काम गर्नुपर्ने बताउनुभयो । उहाँले नोभेम्बर महिनाको तेस्रो आइतवार सडक दुर्घटनामा परेर ज्यान गुमाएका विश्वभरका मानिसलाई सम्झदै त्यस्तो दुर्घटनाका कारण अरबौं रूपियाँ उपचार खर्च भइरहेको बताउनुभयो ।

स्वतन्त्रता अभियान नेपालले सडक दुर्घटना भवितव्य होइन, यसलाई न्युनीकरण गरी क्षतिलाई रोक्न सकिन्छ भन्दै जागरणमुलक कार्यक्रमको आयोजना गर्दै आएको छ । विश्वभर सडक सुरक्षा बढाउँदै यसबाट हुने मृत्यु तथा अपाङ्गता हुनबाट बचाउन सन् २०२० कै फेब्रुबरी महिनामा स्वीडेकनको स्टकहोममा आयोजित मन्त्रीस्तरीय विश्व सडक सुरक्षा सम्मेलनले सडक सुरक्षाका प्राथमिकताका क्षेत्रहरूलाई समावेस गरी साझा घोषणापत्र पारित गरिएको पनि अभियानले जनाएको छ । कार्यक्रममा मानव अधिकार आयोगका सदस्य सूर्य ढुङ्गेलले संयुक्त राष्ट्रसङ्घको सडक सुरक्षा सम्बन्धि योजना सार्वजनिक गर्नुभएको थियो ।

सडक सुरक्षाका पाँच आधार स्तम्भ बनाइएका छन् । सडक दुर्घटनाको कारणहरूमध्ये तीब्र गती,चालक,पैदलयात्रुको लापर्वाही, सवारी साधनमा रहेका त्रुटी रहेका छन् भने त्यसको न्युनिकरणका लागि बनाइएका पाँच स्तम्भहरू सुरक्षित सवारी सम्बन्धि विश्वव्यापी मापदण्ड लागु हुुनुपर्ने, पैदलयात्र, यात्रु, सवारी चालक शिक्षण, सिकाइ र व्यवहार परिवर्तन हुनुपर्ने रहेको छ । सडक सुरक्षाका विश्वव्यापी उक्त स्तम्भमा सिट बेल्ट, हेल्मेट, बालसिटको व्यवस्था हुने र दुर्घटना भइहाले प्राथमिक उपचार र उद्धार सुविधा तत्काल उपलब्ध गराउनुपर्ने रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आउन थालेकोे बताएका छन् । 

काठमाडौँ, ६ बैशाख । डा. अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई बिहीबार राष्ट्रियसभा सदस्यमा

काठमाडौँ, ६ बैशाख । नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिममा प्रदेश सरकार निर्माणबारे प्रदेश प्रमुखको भूमिकामाथि प्रश्न उठाएको छ । कांग्रेस

काठमाडौँ, ६ बैशाख । सिंहदरबारस्थित दक्षिण गेट अगाडि विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गर्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।