एजेन्सी, ६ मंसिर । भारतलाई सन २०२१-२५ को कार्यकालको लागि संयुक्त राष्ट्रसंघको तीन संवैधानिक अंगहरूमध्ये एक यूनेस्कोको एक्जीक्यूटिभ बोर्डको लागि पुनः चयन गरिएको छ।
एक्जीक्यूटिभ बोर्डको सदस्यहरूको चुनाव बुधबार १७ नोभेम्बरमा सम्मपन्न भएको थियो । यूनेस्को (संयुक्त राष्ट्र शिक्षा, विज्ञान र सांस्कृतिक संगठन) को निम्ति पेरिसस्थित भारतको स्थायी प्रतिनिधिमण्डलले ट्वीट गरि भनेको छ, ‘भारतलाई यूनेस्कोको कार्यकारी बोर्डमा २०२१-२५ को अवधिको निम्ति १६४ मतको साथ पुनः चयन गरियो’। एशियाली र प्रशान्त देशहरूको समूह पंचमको निम्ति भारतलाई पुनः चयन गरिएको छ। यसमा जापान, फिलीपीन्स, वियतनाम, कुक आइल्याण्ड्स र चीन पनि सामेल छन्। संयुक्त राष्ट्रको सांस्कृतिक र शैक्षिक संगठनको एक्जीक्यूटिभ बोर्ड संयुक्त राष्ट्र एजेन्सीको तीन संवैधानिक अंगहरूमध्ये एक हो। अन्य दुई जनरल कन्फ्रेन्स र सचिवालय हुन्। जनरल कन्फ्रेन्सले एक्जीक्यूटिभ बोर्डका सदस्यहरूको चुनाव गर्दछ।