झन्डै ८ अङ्कले बढ्यो शेयर बजार

काठमाडौँ, ६ मंसिर । शेयर बजार परिसूचक नेप्से आज सामान्य बढेको छ । नेप्से आज सात दशमलव नाै अङ्कले बढेर दुई हजार सात सय ६५ दशमलव ४३ विन्दुमा पुगेको छ ।

आज बैंकिङ, व्यापार, होटल, जलविद्युत्, निर्जीवन बीमा, अन्य, म्युचल फन्ड र लगानी समूहको शेयर बढेको छ । आज विकास बैंक, जलविद्युत्, फाइनान्स, माइक्रोफाइनान्स र जीवन बीमा समूहको शेयर भने घटेको छ ।

आज दुई सय २५ कम्पनीका ७५ लाख ६५ हजार कित्ता शेयर तीन अर्ब ९२ करोड ९२ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको ३४ करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भएको छ ।

आज मानुषी लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि कर्णाली विकास बैंक र रिलायन्स फाइनान्सको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बुटवल, १२ मंसिर । बुटवलउपमहानगरपालिकाको निर्माणाधीन भवनमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

काठमाडौँ, १२ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६१ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १२ मंसिर । नेकपा एमालेका चार नेताले ३०१ केन्द्रीय सदस्यको सूची अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका छन् । सौराहमा

काठमाडौँ, १२ मंसिर । सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि छलफलमा जुटेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व माओवादी पृष्ठभूमिका एमाले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021