१८ वर्षमाथिका सबैलाई काेराेनाविरुद्धकाे खोप

काठमाडौँ, ६ मंसिर । अब १८ वर्षभन्दा माथिका सबैलाई सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाउन थालेको छ ।

पहिले लक्षित वर्गलाई मात्र लगाउँदै आएको खोप अहिले १८ वर्षभन्दा माथिका सबै सर्वसाधारणलाई लगाउन थालिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार खोप नियमित आउन थालेकाले १८ वर्षभन्दा माथिका सबैलाई नियमित खोप लगाउन थालिएको हो । 

मन्त्रालयकाले यसअघि खोप लगाउन छुटेका सबैलाई खोप केन्द्रमा गइ खोप लगाउन आग्रह समेत गरेका छन । सरकारले आउँदाे पुसभित्र दुई तिहाइ र चैतसम्म लक्षित सबैलाई खोप लगाउने लक्ष्य राखेको छ । दुई करोड १७ लाखलाई खोप लगाउने लक्ष्य राखिएको छ ।

अहिलेसम्म कुल जनसङ्ख्याको ३० प्रतिशत जनसङ्ख्यालाई पहिलो मात्रा र २६ प्रतिशत जनसङ्ख्यालाई दोस्रो मात्राको खोप प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक सेवा प्रसारण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरेका

काठमाडौँ, २२ असोज । शेयर बजार परिसूचक (नेप्से) २७ दशमलव ३९ अंकले घटेको छ । आज बजार परिसूचकमा सो बराबरको

काठमाडौँ, २२ असोज । गृहमन्त्री रमेश लेखकले विपद्का कारण अवरुद्ध बिपी राजमार्ग अबको एक साताभित्र डाइभर्जनसहित सवारी चलाउने व्यवस्था मिलाइने

काठमाडौँ, २२ असोज । वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारले १० लाख रुपैयाँ राहत रकम पाउने भएका छन् । असोज