बैतडी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो

धनगढी, ६ मंसिर । बैतडीमा भएको जीप दुर्घटना मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका जिप चालक डडेल्धुराका ३८ वर्षीय दीपक मालीको मृत्यु भएसँगै मृतकको संख्या ६ पुगेको हो ।

मालीको उपचारका लागि धनगढी ल्याउने क्रममा कैलालीको सहजपुरमा मृत्यु भएको हो । आइतबार बैतडीको दशरथचन्द नगरपालिका-२ थलालगाउँबाट जन्ती बोकेको म१ज ३१० नम्बरको जिप दुर्घटनामा परेको थियो । जिपमा ७ जना सवार थिए । पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ फागुन । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले स्वास्थ्य बीमा कार्यक्रम आफैँ भ्रष्टाचारको माध्यम बनिरहेको बताएका छन् ।  राजनीतिक दल

काठमाडौँ, १२ फागुन । समाजवादी मोर्चाले सातवटै प्रदेशमा अन्तरक्रिया गर्ने भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले

धनुषा, १२ फागुन ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमला नदीमा निर्माण भएको झोलुङ्गे पुलको उद्घाटन गरेका छन् । सिरहा नगरपालिका–१३

काठमडौँ, १२ फागुन । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच शिष्टाचार भेटवार्ता भएको छ । आज बिहान ले लैनचौरस्थित