आजको मौसम

काठमाडौँ, ६ मंसिर । देशका विभिन्न भागमा आज हिमपात तथा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार प्रदेश १ को पहाडी भू–भागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ ।

त्यस्तै आज राति प्रदेश १, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको  पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको संभावना रहेको छ ।

काठमाडौँमा आज बिहान ६ बजेको तापक्रम १२ डिग्री सेल्सियस रहेको छ । यद्यपि, पौने ९ बजेसम्म तापक्रम केही घट्न सक्ने विभागले जनाएको छ । बादल लागेकाले चिसो कम भएको विभागको भनाइ छ ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ माघ । प्रतिनिधि सभाका सांसद योगेश भट्टराईले प्रचण्ड विध्वंस गर्दै हिँड्ने भएकाले अरूलाई पनि त्यस्तै देख्ने गरेको बताएका

काठमाडौँ, २८ माघ । मिडिया काउन्सिल विधेयक, २०८० राष्ट्रिय सभाबाट सर्वसहमतिले पारित भएको छ ।  आज बसेको राष्ट्रिय सभाको बैठकले

काठमाडौँ, २८ माघ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि जापानका राजदूत मायदा तोरूले शिष्टाचार भेट गरेका छन्

काठमाडौँ, २८ माघ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सञ्जाल नियमन गर्ने विधेयक हुबहु पारित हुन नसक्ने बताएका छन्