महाधिवेशनपछि एमाले एकढिक्का भएर अगाडि बढ्छ : नेता ज्ञवाली

काठमाडौँ, ५ मंसिर । नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले महाधिवेशनपछि एमाले एकढिक्का भएर अगाडि बढ्ने बताएका छन् ।

आज प्रेस चौतारी नेपाल उपत्यका प्रदेश कमिटिले काठमाडौँमा आयोजना गरेको नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको विचार र नेतृत्व विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता ज्ञवालीले महाधिवेशनपछि एमाले एकढिक्का भएर अगाडि बढ्ने बताएका हुन्  ।

अबको महाधिवेशनलाई एकता, उर्जा र संकल्पको रुपमा लिइएको भन्दै प्रवक्ता ज्ञवालीले पार्टी फुटाउन एमालेभित्रकै पात्रहरुले भूमिका खेलेको आरोप लगाए । अबको महाधिवेशन पार्टी निर्माण र देश निर्माणमा केन्द्रीत रहेको समेत ज्ञवालीले प्रष्ट पारे ।

चितवनमा यही मङ्सिर १० गतेदेखि १२ गतेसम्म हुन गइरहेको महाधिवेशनमा पाँच लाख जनाले सहभागिता जनाउन मिल्ने गरी व्यवस्था गरिएको एमालेका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, १७ मंसिर । भरतपुर महानगरपालिका–२९ जुगेडिमा टिपरको ठक्करबाट मोटरसाइकलको पछाडि सवार एक महिलाको मृत्यु भएको छ । लमजुङको राइनास

काठमाडौँ, १७ मंसिर । काठमाडौँबाट ४४ लिटर रक्तचन्दनको तेलसहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार रक्तचन्दनको तेलको अवैध कारोबार

बागलुङ, १७ मंसिर । बागलुङ नगरपालिका-१३ स्थित त्रिभुवन माध्यमिक विद्यालयका २८ विद्यार्थी र शिक्षकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ

रुकुम, १७ मंसिर । आज बिहान ३ बजे रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–७ औलमा रा१प ४४१२  नंको ट्रयाक्टर दुर्घटना श्रीमान् मृत्यु

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021