प्रधानन्यायाधीश जबरालाई गम्भीर १० आरोप

काठमाडौँ, ५ मंसिर । हाम्रो न्यायपालिका यति बेला सर्वोच्च संकटमा परेको छ । न्यायालयका नेतृत्वकर्ता प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रश्नहरुको ‘कठघरा’मा छन् । सर्वोच्च आदालतका सहकर्मी न्यायाधीश र कानुन व्यवसायीले जबरालाई गम्भीर आरोपहरु लगाएका छन् ।

जसमा भ्रष्ट्राचार गरेको, न्यायिक नेतृत्वमा अक्षमर असफल भएको, संवैधानिक नियुक्त र मन्त्रिमण्डलमा भागबन्डा गरेको लगायत छन् । यस्तै, पेसी सूची (कजलिष्ट) मार्फत मुद्दा सेटिङ आफूअनुकूल फैसलाका लागि रोजाइको इजलास निर्धारण, बिचौलियासाग साँठगाँठ, शक्ति पृथकीकरणको सिद्धान्तलाई निम्तेज, न्यायाधीशबीच गुटबनदी र न्यायमा बिचलन ल्याउने काम गरेको आरोप लागेको छ।‘आफूमाथि लागेका अभियोगहरु एक कानले सुन्ने र अर्को कानले उडाउने प्रवृत्ति देखियो’, सर्वोच्चकम पूर्वन्यायाधीश बलराम केसी भन्छन्, ‘नेपाल बार एसोसिएसनको सहयोगबिना न्यायालय चल्नै सक्दैन । प्रधानन्यायाधीश स्वयंले निम्त्याएको परिस्थिति हो । बारले बहिष्कार र सहकर्मी न्यायाधीशले अवज्ञा गरेको अवस्थामा प्रधानन्यायाधीश एक मिनेट पनि पदमा बस्नु हुँदैन।’

जबरालाई बहिर्गमनका लागि पूर्वप्रधानन्यायाधीश, न्यायाधीश, नागरिक समाजलगायत चौतर्फी रूपमा दबाब छ। प्रधानन्यायाधीश जबरा मूल ढोकाबाट सर्वोच्च अदालत प्रवेश गर्न सकेका छैनन्। बरु सर्वोच्च परिसरमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाएका छन्। ती सुरक्षाकर्मी र कानुन व्यवसायीबीच घम्साघम्सी चल्दै आएको छ। बरु कानुन व्यवसायीको शान्तिपूर्ण धर्नामा हस्तक्षेप गर्दै आएका छन्। नेपाल बारले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै थालेको आन्दोलन चर्काइरहेको छ। यो समाचार आजको अन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ ममंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ६ वटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बुधबार

काठमाडौँ, १५ मंसिर । चितुवाको छाला सहित प्रहरीले काठमाडौँबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका

काठमाडौँ, १५ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले देश र विदेशका लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021