आजको मौसम

काठमाडौँ, ५ मंसिर । हिमाली तथा उच्च पहाडी भू–भागका केही स्थानमा आज हिमपात हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज  प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश १ का एक–दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरू सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । 

आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरू सामान्यतया सफा रहने छ । प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

त्यस्तै आज बिहान ६ बजे काठमाडौँको तापक्रम ९.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । दिउँसो २१ देखि २३ डिग्री सेल्सियससम्म पुग्ने छ । केही दिन पूर्ण बदली रहेको काठमाडौंमा आज भने आंशिक बदली हुने छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । आज आइतबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षक

काठमाडौँ, १२ मंसिर । ग्लोबल आइएमई बैंक लिमिटेडले प्रस्ताव गरेको कुल १३ दशमलव ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम

काठमाडौँ, १२ मंसिर । नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विदेशी मुद्राको बिनीमय दर अनुसार यस प्रकार रहेको छ । Exchange

काठमाडौँ, ११ मंसिर । कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले सबैलाई अनुकूल हुने गरी दूधको मूल्यवृद्धि गर्नुपर्ने बताएका छन् ।

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021