टिम बनाउँदै देउवा, इतर समूह एकअर्कालाई आरोप लगाउनमै व्यस्त

काठमाडौँ, ५ मंसिर । नेपाली काँग्रेस १४औँ महाधिवेशन नजिक छ । काँग्रेसले २४ देखि २६ मङ्सिरसम्म काठमाडौँमा हुने महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन गर्दै छ । काँग्रेसभित्र पार्टी नेतृत्वका लागि हालका सभापति शेरबहादुर देउवा अघि बढिसकेका छन् ।

उनले आफ्नो तलैसम्मको टिम बनाउन नेताहरूलाई खटाएका छन् । संस्थापन समूहबाट हालका उपसभापति विमलेन्द्र निधि र नेता गोपालमान श्रेष्ठले पनि महाधिवेशनको मैदानमा सभापतिका लागि अघि बढ्ने घोषणा गरिसकेका छन् । सभापति देउवालाई उपसभापति निधि र नेता श्रेष्ठले चुनौती दिइरहेका छन् । तर, देउवा निधि र श्रेष्ठ दुवैलाई मनाउन प्रयासरत छन् । तर, पनि निधि ब्याक हुन तयार देखिएका छैनन् । श्रेष्ठले भने आफूलाई धोका नदिनेमा देउवा ढुक्क छन् ।

यसैगरी, संस्थापन इतर समूहबाट पनि वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि हालका महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता डा. शेखर कोइराला, नेत्री सुजाता कोइराला र युवा नेता कल्याण गुरुङ मैदानमा उत्रिने तयारीमा छन् । यस्तै, काँग्रेसभित्रको तेस्रो धारको नेतृत्व गर्दै आइरहेका नेता कृष्णप्रसाद सिटौला पनि टिमसहित मैदानमा उत्रिने भन्दै तयारी गरिरहेका छन् । 

संस्थापन इतर समूहका आकाङ्क्षीहरू भने एकले अर्कालाई आरोप लगाउनमा नै व्यस्त छन् । इतर समूहबाट पौडेलले आफूले सबैलाई समेटेर अघि बढ्ने भन्दै सघाउन आफ्नै समूहका नेताहरूलाई निरन्तर आग्रह गरिरहेका छन् । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ११५ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १३  मंसिर । थप २ सय ५९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २१ हजार

काठमाडौँ, १३ मंसिर । पाकिस्तानले सन् २००८ मा भारतको मुम्बईमा गरेको आक्रमणको काठमाडौँ माइतीमा विरोध प्रदर्शन गरिएको छ । स्वतन्त्र

झापा, १३ मंसिर । कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको विरिङ पुलमा ना ५ ख ८०४१ नम्बरको बस आइतबार अनियन्त्रित भई

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021