काँग्रेसको प्रदेश अधिवेशन : कतै निर्विरोध, धेरैमा मतदान

काठमाडौँ, ४ मंसिर । नेपाली काँग्रेसको प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशनबाट कतिपय क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन भएको छ भने अधिकांश क्षेत्रमा निर्वाचनबाट नेतृत्व छनोट गरिएको छ । कतिपय स्थानको मतपरिणाम प्राप्त भइसकेको छ भने केही क्षेत्रमा शनिबारबाट अधिवेशन सुरु हुँदैछ ।

सत्तारुढ दल नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत ६१ जिल्लामा शुक्रबार प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशन सुरु भएको हो । काँग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालका अनुसार ओखलढुङ्गा, सिन्धुपाल्चोक, रसुवा र सर्लाहीबाहेकका जिल्लामा जारी अधिवेशनबाट नेतृत्व चयन भइरहेको छ ।

उहाँले भन्नुभयो, ‘‘चार जिल्लाबाहेक अन्य सबै जिल्लामा प्रदेश सभा अधिवेशन भइरहेको छ, केही क्षेत्रमा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको जानकारी आएको छ, अन्य सबैजसो क्षेत्रमा मतदानमार्फत नेतृत्व चयन भइरहेको छ ।’’ सचिव रिजालले काँग्रेसको साङ्गठानिक संरचना ठूलो भएको र नेतृत्वका लागि योग्य प्रतिस्पर्धीहरू धेरै भएकाले लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन भएको बताउनुभयो । उहाँले पहिलो पटक प्रदेश सभा निर्वाचन क्षेत्रमा निर्वाचन भइरहेकाले नेतृत्व पङ्क्तिदेखि कार्यकर्ता र शुभचिन्तकसम्ममा व्यापक उत्साह रहेको बताउनुुभयो ।

प्रदेश सभाको अधिवेशन हुन बाँकी रहेका काठमाडौँ, भक्तपुर र ललितपुरसहित पाँचथर, इलाम, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, उदयपुर, झापा, मोरङ, सुनसरी, सिन्धुली, काभ्रे, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, लमजुङ, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, बागलुङ, नवलपुर, रुपन्देही, कपिलवस्तु, पाल्पा,अर्घाखाँची, गुल्मी, रोल्पा, प्युठान, दाङ, बर्दिया, रुकुम (पश्चिम), सल्यान, जाजरकोट, दैलेख, डोटी, अछाम, बैतडी, डडेलधुरा र कञ्चनपुरमा अधिवेशन भइरहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ ममंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ६ वटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बुधबार

काठमाडौँ, १५ मंसिर । चितुवाको छाला सहित प्रहरीले काठमाडौँबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका

काठमाडौँ, १५ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले देश र विदेशका लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021