अध्यक्ष प्रचण्डलाई अमेरिकी सहायकमन्त्रीबीच भेटवार्ताः एमसीसीबारे छलफल

काठमाडौँ, ३ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूबीच शिष्टाचार भेटघाट भएको छ ।

सिंहदरवारमा शुक्रबार भएको भेटमा अमेरिकी सहायक विदेशमन्त्री लूले अध्यक्ष प्रचण्डलाई अमेरिकी अनुदानसम्बन्धी सम्झौता ९एमसीसी० बारे छिटो निर्णयमा पुग्न आग्रह गर्दै सम्झौताको समयसीमा सम्झाएको बताइएको छ । अमेरिकी पक्षले अनुदान सहयोग लिने वा नलिने बारेमा नेपाल छिट्टै निर्णयमा पुग्नुपर्नेमा जोड दिएको बताइएको छ । जवाफमा प्रचण्डले यसबारे राष्ट्रिय सहमति बनाएर निर्णय गर्ने जवाफ दिनुभयो । जवाफमा प्रचण्डले अमेरिकी सहयोग लिन्नौं भन्ने आफ्नो धारणा नभए पनि एमसीसीमा उल्लेखित केही प्रावधान नेपालमा विवादको विषय बनेको बताउनुभएको स्रोतले जनाएको छ । प्रचण्डले एमसीसीबारे सबै पक्षको एउटा साझा समझदारी बनाउने प्रयास भइरहेको अध्यक्ष प्रचण्डले बतानुभयो ।

स्रोतका अनुसार प्रचण्डले भन्नुभयो, ‘सहयोग लिन्छौं तर एमसीसीको बारेमा तयार पारिएको सुरुआती दस्तावेजलाई पछि संशोधन गरिएको रहेछ । संसदबाट पारित गर्नुपर्ने लगायतका विषय राखिएका रहेछन् । त्यसैले यो नेपालमा विवादको विषय बनेको छ र यसमा हाम्रा पनि केही प्रश्नहरु छन् । हामी सबै नेपालीहरुले एउटा साझा समझदारी बनाउने प्रयास गर्छौं, छलफल गर्छौं । यो विषय संसदमा पनि जान सक्छ र हुन्छ कि हुँदैनको विषय बन्न सक्छ । दलहरुले यसमा आफ्नो मत संसदभित्रै राख्ने अवस्था पनि आउन सक्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ११५ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १३  मंसिर । थप २ सय ५९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २१ हजार

काठमाडौँ, १३ मंसिर । पाकिस्तानले सन् २००८ मा भारतको मुम्बईमा गरेको आक्रमणको काठमाडौँ माइतीमा विरोध प्रदर्शन गरिएको छ । स्वतन्त्र

झापा, १३ मंसिर । कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको विरिङ पुलमा ना ५ ख ८०४१ नम्बरको बस आइतबार अनियन्त्रित भई

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021