नेपालमा कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या ९० लाख नाघ्यो

काठमाडौँ, ३ मंसिर । नेपालमा कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा पहिलो मात्रा लगाउनेको सङ्ख्या ९० लाख नाघेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक लाख ७३ हजार चार सय ९८ जनाले कोरोनाविरुद्धको खोप लगाएसँगै कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या ९० लाख नाघेको हो । अहिलेसम्म ९० लाख ८१ हजार ६ सय ५४ जनाले कम्तीमा पहिलो मात्रा खोप लगाएकामा उनीहरूमध्ये ७८ लाख एक हजार पाँच सय ६ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

नेपालमा अहिलेसम्म एक करोड ६८ लाख ८३ हजार एक सय ६० मात्रा खोप प्रयोग भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ ।

काठमाडौँ, १६ चैत । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । आज दिउँसो सवा एक बजे बैठक सुरु हुनेछ ।

काठमाडौँ, १६ चैत । सत्ता साझेदारीमा सहकार्य गरेका पाँच दलले इलाम–२ र बझाङ–१ (१) को उपनिर्वाचनमा आपसमा प्रतिस्पर्धा गर्ने भएका

काठमाडौँ, १६ चैत । नेपाल दूरसञ्चार प्राधिकरणका लागि ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) प्रणाली जडान गर्न उपकरण तथा परामर्श सेवा