एमालेले एकल बहुमतका साथ सरकार सञ्चालन गर्छ : सचिव भट्टराई

काठमाडौँ, ३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सचिव तथा प्रचार–प्रसार विभाग प्रमुख योगेशकुमार भट्टराईले आगामी निर्वाचन पछि एकल बहुमतका साथ एमालेले सरकार सञ्चालन गर्ने दावी गर्नुभएको छ ।

शुक्रबार काठमाडौँमा आयोजित एक साक्षात्कार कार्यक्रममा भट्टराईले महाधिवेशन लगतै एमाले भिन्नै गतिको साथ अघि बढ्ने र निर्वाचनपछि एमाले पुनः सरकारमा कमव्याक हुने दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अर्को वर्ष मंसिरमा हुने आम निर्वाचन प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा एमालेले बहुमत ल्याउने छ । त्यसपछि एमालेले एकल बहुमतका साथ विकास र समृद्धिको नेतृत्व गर्दै सरकार सञ्चालन गर्नेछ । जनताको आवश्यकता र चाहनालाई पुरा गर्दै अगाडी बढ्नेछ ।’

आगामी महाधिवेशनमा सहमतिमार्फत् नेतृत्व चयन हुने भन्दै उहाँले सहमति नभए हरेक व्यक्तिले आफूले चाहेको पदमा उठ्न पाउने धारणा राख्नुभयो । भट्टराईले आगामी महाधिवेशनले पार्टीभित्र रहेका सबैखाले तिक्तता कम गर्ने दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, १७ मंसिर । भरतपुर महानगरपालिका–२९ जुगेडिमा टिपरको ठक्करबाट मोटरसाइकलको पछाडि सवार एक महिलाको मृत्यु भएको छ । लमजुङको राइनास

काठमाडौँ, १७ मंसिर । काठमाडौँबाट ४४ लिटर रक्तचन्दनको तेलसहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार रक्तचन्दनको तेलको अवैध कारोबार

बागलुङ, १७ मंसिर । बागलुङ नगरपालिका-१३ स्थित त्रिभुवन माध्यमिक विद्यालयका २८ विद्यार्थी र शिक्षकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ

रुकुम, १७ मंसिर । आज बिहान ३ बजे रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–७ औलमा रा१प ४४१२  नंको ट्रयाक्टर दुर्घटना श्रीमान् मृत्यु

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021